
परासी, ४ वैशाख । नवलपरासीमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घााइते भएका छन् ।
सुनवल नगरपालिका वडा नम्बर १२ बडेरास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ग २ च २६ ५४ नम्बरको पिकअप भ्यानले खाना खान रोकेको ना ५ ख ३८ ३६ नम्बरको बसका सहचालक सुर्खेत पिपराका १८ वर्षीय महेन्द्र बुढालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान साढे २ बजे मृत्यु भएको हो ।
रोमबार राति गैडाकोट–१२ हर्कपुरस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २० प ४२५१ नम्बरको मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेको साईकलमा सवार सोही ठाउ बस्ने वर्ष ५२ का रबिलाल पौडेललाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।











प्रतिक्रिया