८ मंसिर २०८३, मंगलबार

राप्रपाले बुझायो निर्वाचन आयोगलाई स्मरणपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधानबाट हिन्दुराष्ट र राजसंस्था हटाउने गरेको निर्णय पुनर्विचार गर्न अनुरोध गर्दै आज निर्वाचन आयोगलाई स्मरणपत्र बुझाएको छ ।

बैशाख १ गते बसेको पदाधिकारी बैठकले आयोगमा स्मरणपत्र बुझाउने निर्णय गरेअनुसार आज राप्रपाले आयोगलाई स्मरण पत्र बझाएको पार्टी प्रबक्ता सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले राप्रपाको विधानबाट ‘सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र’ र ‘राजसंस्था सहितको लोकतन्त्र’ हटाउने निर्णय गरेको भन्दै पार्टीले यसअघि चैत्र ७ गते पनि निर्णय पुनर्विचार गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

पछि आयोगले चैत्र २२ गते जवाफ पठाएपनि राप्रपाले त्यसबाट स्पष्ट नभएको जनाएको छ । आयोगको निर्णय गर्ने वित्तिकै राप्रपाले निर्वाचन कार्यालय घेराउसमेत गरेको थियो । त्यसक्रममा पार्टीका नेता कार्यकर्ताहरु प्रहरीको लाठी चार्जबाट घाइते समेत भएका थिए ।

हेर्नुहोस् स्मरण पत्र…