काठमाडौं, ३ वैशाख । एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चा वा संघीय गठबन्धनका नाममा हुने कुनै पनि आन्दोलन भित्ते मात्रै हुने टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै खनालले भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनको आन्दोलन कागजमा मात्रै सीमित हुन्छ । भित्ते कार्यक्रम हुन् ।’ उनले मधेसी जनताले मधेसी नेताहरूको सबै षड्यन्त्र बुझेकाले आन्दोलनमा जनता सहभागी नहुने बताए ।
मधेसी मोर्चाले राखेको सीमाङ्कनको माग कहिल्यै पूरा नहुने नेता खनालले बताए । ‘मधेसी मोर्चाले मधेसी जनताको माग कहिल्यै उठाएन’, उनले भने, ‘अनावश्यक मागलाई एमालेले मान्दैन ।’











प्रतिक्रिया