३ कार्तिक २०८३, मंगलबार

एनसेलले ल्यायो आकर्षक रोमिङ् अफर, प्रिपेडमा स्वतः रोमिङ् सेवाउपलब्ध हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । जिएसएम मोबाइल सेवाप्रदायककम्पनीएनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामाभ्वाइस, डेटा र एसएमएस सेवाप्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहककालागिआकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

यो योजनाअन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहककालागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकल्याएको छ, जस अन्तर्गत एनसेलकाग्राहकले आफु रोमिङ्मा रहेको समयमापनिआफ्ना परिवार, आफन्ततथा संम्बधित देशकाव्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो अफर यहिबिहीबार (चैत्र ३१) देखि लागु हुनेछ ।

दैनिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलकाग्राहकले यो सेवानिःशुल्क सुचारु गरि कर सहितमात्र रु ५०० मा अनलिमिटेड डेटाको मजालिन सक्नेछन् । यो सेवा एक पटक सुचारु गरेपछिग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ ।

नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ, शुल्क रु ५०० भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्रलाग्नेछ । अर्थात् प्याकनविकरण भएपनिडेटा प्रयोग नगरेमा प्याकबापतकोशुल्कलाग्ने छैन । दैनिक रोमिङ् डेटा प्याकभारत, चिन, हङकङ, अमेरिका, बेलायतलगायतका ५३ देशमालागु हुनेछ ।

त्यसैगरी आफु यात्रामाभएको समयमाभ्वाइस र एसएमएस सेवाचाहने ग्राहकले कर सहितमात्र रु ५०० मा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकलिन सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमाकलगर्न र सम्बन्धित रोमिङ् देश भित्रकलगर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमनकलका साथै २५ वटा एसएमएस पठाउन सक्नेछन् । यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागिमान्य हुनेछ ।

आफ्नो सञ्चार सेवाको आवश्यकताबमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याकजति पटक पनि लिन सक्छन् । यो प्याकभारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतकाविभिन्न ३५ गन्तव्यहरुमालागु हुनेछ ।

एनसेलकाग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्तजानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवाउपलब्ध रहेका गन्तव्यहरुमाआफ्ना प्रिपेड ग्राहककालागि रोमिङ् सेवा स्वतउपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइललिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमापुग्ने बितिकै रोमिङ् सेवा स्वतउपलब्धभएको जानकारी गराइने छ । भारत र चीनको लागिभने प्रिपेडमा स्वत रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामाजानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशनअनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।

“विभिन्न देशमा भ्रमणमा रहदाग्राहकको सञ्चारको आवश्यकतालाई परिपुर्ति गर्न भ्वाइस, डेटा र एसएमएसको अफरहरु ल्याउनपाउँदा हामीहर्षित छौं । यसले रोमिङ्मा रहँदाहाम्राग्राहकलाई सुलभ र सहज रुपमा सम्पर्कमा रहन सघाउनेछ,” कम्पनीकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने ।

दैनिकभ्वाइस र एसएमएस प्याकप्रयोग गर्ने समयसीमावाप्याकमाउपलब्धभोल्युम सकिएपछि नियमित रोमिङ् शुल्कलागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्तनिर्देशनअनुसार सेवानिष्क्रियगर्न पनि सक्छन् । एनसेलकाग्राहकले एस्ट्रिक्स१०१ह्यास डायल गरी आफ्नो प्याकहरुमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न पनि सक्छन् ।