३ कार्तिक २०८३, मंगलबार

धनुषा डिस्टिलरीले ल्यायो आकर्षक ‘रकफोर्ट व्हिस्की’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । धनुषा डिस्टिलरी प्रा. लि.ले आफनो् नयाँ उत्पादन रकफोर्ट इम्पोर्टेड रिर्जभ प्रिमीयम व्हिस्की नेपाली बजारमा उपलब्ध गराएको छ ।

आठ वर्ष पुरानो स्कच र माल्ट आयात गरी अन्य विशिष्ट इसेन्सहरूको उत्कृष्ट तरिकाले समिश्रण गरेर स्वदेशमै उत्पादन भएको व्हिस्कीले नेपाली मदिरा बजारमा राम्रो हिस्सा ओगट्ने दाबी गरिएको छ ।

विशिष्ट स्वाद र गुणस्तरीय उत्पादन भएकोले ग्राहकहरूको मन जित्ने विश्वास गरिएको कम्पनीका प्रवन्ध निर्देशक किशन धनावतले जानकारी दिए ।

हाल बजारमा ७५० मीली , ३७५ मीली तथा १८० मीली गरी तीन परिमाण भएको बोटलमा रकफोर्ट व्हिस्की उपलब्ध गराएको छ ।

जसको उपभोता मूुल्य क्रमशस् रु १८२० , रु ९१० र रु ४६० राखिएको कम्पनीले जानकारी गराएको छ ।

धनुषा जिल्लाको जनकपुुरधाममा अवस्थित उद्योगले विगत दुई दशकदेखि विभिन्न ब्राण्डका रक्सी उत्पादन गर्दै आएको छ ।