
काठमाडौं, ३१ चैत । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ ।
पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तीव्र भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल नहुने भएको छ । पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूसँग छलफल अघि बढाइएको तमलोपा अध्यक्ष महन्त ठाकुरले जानकारी दिए ।












प्रतिक्रिया