
काठमाडौं, ३० चैत । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७४ मा क्यासव्याक अफर ल्याएको छ । आफ्ना विश्वस्तरीय कन्ज्युमर इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा २० प्रतिशतसम्मको आकर्षक क्यासब्याक अफर ल्याएको हो ।
‘क्यासमय नव वर्ष २०७४’ नामक स्किमले ग्राहकवर्गहरुलाई उत्साहित गर्ने आशा सामसुमले गरेको छ । उक्त अफर नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ल्याइएको हो ।
ग्राहकहरुलाई गुणस्तरी उत्पादन, उत्कृष्ट ग्राहक सेवा र समयअनुरुपका अफर तथा स्किमहरु लगायत हरेक सम्भव आयामहरु मार्र्पmत विशिष्ट सेवा दिने उद्देश्य अनुरुप यो अफरलाई बजारमा ल्याइएको हो ।
‘क्यासमय नव वर्ष’ अफर जेष्ठ १ गतेसम्म मान्य रहनेछ र देशभरका समस्त सामसङ आउटलेट मार्पmत उपलब्ध हुनेछ ।















प्रतिक्रिया