१४ कार्तिक २०८३, शनिबार

नवराज सिलवालद्वारा प्रहरी समन्वय समितिको बैठक बहिष्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित भएका छन् । अर्का डीआईजी जयबहादुर चन्द भने उपस्थित भएका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रमलगत्तै पीसीसी बैठक बोलाइएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।

तर, सिलवाल भने बैठकमा सहभागी नभई आफूलाई नै आईजीपी बनाउनु पर्ने मागसहित सर्वोच्च अदालत पुगे ।

स्वागत कार्यक्रमा अर्याललाई सलामी दिइएको थियो । कार्यक्रममा महानिरीक्षक अर्यालले सरकारले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाए ।