३ कार्तिक २०८३, मंगलबार

भूकम्प कम प्रभावित थप ४ जिल्लामा अनुदान वितरण शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि आजदेखी निजी आवास पुनर्निर्माणका लागी पहिलो किस्ताको अनुदान रकम बितरण शुरु गरेको छ ।

यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले गत चैत्र २१ गते कास्कीको अन्नपुर्ण गाँउपालिकाबाट अनुदान वापतको पहिलो किस्ता बितरण कार्य शुरु गर्नुभएको थियो ।

बाँकी १६ जिल्ला मध्ये आज थप लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुबाट पनि पहिलो किस्ता वापतको ५० हजार रुपैया बितरण शुरु गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

प्राधिकरणले एक साताभित्रमा बाँकी सवै जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण शुरु गरिसक्ने तयारी गरेको छ ।

प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता भइसकेका करिब ९८ प्रतिशत लाभग्राहीलाई अनुदान वापतको पहिलो किस्ता बितरण गरिसकेको छ भने ती जिल्लामा दोस्रो र तेस्रो किस्ता पनि तीव्र गतिमा बितरण भइरहेको छ ।