३ कार्तिक २०८३, मंगलबार

सिमेन्टको मुल्य वृद्धिमा पुनर्विचार गर्न उद्योगीहरु तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाली सिमेन्टहरुमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएका छन् ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आईतवार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरु सँगको छलफलमा उद्योग मन्त्राी नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगिहरुलाई आग्रह गर्नु भएपछि उद्योगिहरुका तर्फबाट यस्तो प्रतिवद्धता आएको हो ।

छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरुको उत्पादन लागत दक्षिण एसियामै महंगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई आजै पत्राचार गर्ने बताउनु भयो ।

नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाइ कम गरि प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय सिमेन्ट उपभोक्ताहरुलाई उपलब्ध गराउन के कस्ता उपायहरु अवलम्वन गर्नु पर्नेछ भनी अध्ययन गर्न उद्योग मन्त्रालयका सह सचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्य समेत रहेको एक अध्ययन समिति समेत गठन गरिएको छ । सो समितिले सरकारलाई नेपाली सिमन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने बिषयमा अवलम्वन गर्नुपर्ने नीतिगत सुधारका सम्वन्धमा सुझाव दिनेछ ।

अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिवोरा २० रुपैंया देखि ३० रुपैंयासम्म मूल्य वृद्धि गरेको समाचार वाहिर आएपछि गत विहीवार उद्योग मन्त्री नवीन्द्राज जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्षलाई मन्त्रालयमा डाकी मूल्य वृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो ।

आजको छलफलमा मन्त्री जोशीले संस्थागत सामाजिक उत्तरदायित्व ऋक्च् अन्तरगत उद्योग मन्त्रालयले सुरु गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रममा आफ्नो मुनाफाको केही रकम सहयोग गर्न सिमेन्ट उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको मन्त्री जोशीले बताउनु भयो ।