काठमाडौं, २४ चैत । देवः विकास बैक लिमिटेडले साझा विकास बैंक लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा देवः विकास बैक लि.को तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्य र साझा विकास बैंकको तर्पmबाट संचालक समितिका अध्यक्ष फकिर सिंह कडायतले हस्ताक्षर गर्नु भयो ।
नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म तोकिए बमोजिम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकोले सो बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
यसअघि बैंकले युनियन फाइनान्स लि. प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइ सकेको छ भने भर्खरैमात्र निष्काशित हकप्रद शेयर बाँडफाँड सम्पन्न गरेको छ ।
उपरोक्त संस्थाहरु प्राप्ति पछि बैंकको कुल चुक्ता पूँजी रु. १ अर्व ७२ करोड पुग्नेछ । यस बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहितको कार्यलाई निरन्तरता प्रदान गरिरहेको छ ।
उक्त संस्था प्राप्ति पछि नेपालको सुदुर पश्चिम क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ४६ वटा शाखा सञ्जाल रहने छ भने कुल निक्षेप रु. ११ अर्व र कर्जा लगानी रु. ९.४५ अर्व पुग्ने छ । साथै, संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंक लि. कै रहने समझदारी भएको छ ।
















प्रतिक्रिया