३ कार्तिक २०८३, मंगलबार

झलारीमा सोलार वत्ती जडान, लोडसेडिङमा पनि बजार झिलीमिली

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन सिंह

झलारी (कञ्चनपुर), २२ चैत । जिल्लाको मध्य भागमा रहेको झलारी वजारमा सोलार वत्ती जडान शुरु गरिएको छ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयको सौर्यवत्ति कार्यक्रम अन्तर्गत नगरमा सौर्यवत्ति जडान गरिएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, शुक्लाफाँटा नगरपालिका कार्यालय र नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय वाणिज्य संघको साझेदारीमा उपभोक्ता समिति मार्फत सोलार वत्ति जडान गरिन लागेको हो ।

शुक्लाफाटा नगर पालिकाको गर्जमुनि, वनसमिति, झलारी र कलुवापुर वजारमा करिव रु १८ लाखको लागतमा १७ वटा सोलार वत्ति जडान गरिएको छ । सोलार वत्ति जडान गरिएको स्थानमा रातको समयमा हिँडडुल गर्न सहज संगै लोड सेडिङको अनुभुति गर्नु नपर्ने नेपाल राष्ट्रिय वाणिज्य संघ झलारीले जनाएको छ ।

जडान गरिएका सोलार वत्ति रातको समयमा आफै बल्ने र उज्यालो हुनासाथ आफै निभ्ने खालको भएको उज्यालो उर्जा प्रा.लिका ईलेक्ट्रिकल सवओभरसियर दिपक देवकोटाले बताए ।

‘जडान गरिएका सोलार वत्ति साँझ राती परेपछि आफै बल्नेछन र विहान उज्यालो हुना साथ आफै निभ्ने छन, सव ओभरसियर देवकोटाले भने, –‘सोलार वत्ति सडक वत्ति भन्दा कम खर्चिलो पनि छ ।’ सोलार वत्तिको मर्मत सम्भार कम्तिमा ५ वर्ष सम्म जडान गर्ने कम्पनीले नै जिम्मा लिएको नगर पालिका कार्यालयले जनाएको छ

सोलार वत्ति जडान भएपछि नगरपालिकालाई सडक वत्ति वापत वुझाउने महशुलको भार कम हुने नगरपालिकाका अस्टिेन्ट सव ईन्जिनियर टेकेन्द्र प्रसाद भट्टले बताए । त्यससंगै वेला वेलामा हुने लोडसेडिङले पनि कुनै असर नगर्ने भएकोले अरु वत्ती भन्दा राम्रो रहेको उनले वताए ।

शुक्लाफाँटा नगर पालिकाको गर्जमुनिमा १ ओटा, वनसमिति वजारमा २ ओटा, झलारी वजार क्षेत्रमा ११ ओटा, कलुवापुर वजारमा ३ ओटा गरि १७ वटा सोलार वत्ति १७ जडान गरिएको छ ।

स्थानीय विकास मन्त्रालयक वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ६५ प्रतिशत, नगरपालिका कार्यालयको २० र राष्ट्रिय वाणिज्य संघ आवद्ध विभिन्न उपभोक्त समितिहरुको १५ प्रतिशतको लगतमा सोमवार देखी वत्ती जडान तथा जडान गरिएका वत्ती वल्न थालेका छन ।

स्थानिय कुल १८ लाखको लागतमा स्थापना गरिन लागेका सोलार वत्ति जडान गर्न नेपाल राट्रिय वाणिज्य संघ नगर कमिटि झलारीले झलारी वजारमा सास्कृतिक कार्यक्रमको आयोजनाका साथै स्थानिय व्यापारी संग आर्थिक सहयोग संकलन गरी वत्ती जडान गर्न लागेको नेपाल राष्ट्रिय वाणिज्य संघ झलारी नगर कमिटिका अध्यक्ष ललित हमालले वताउनु भयो ।

सोलार वत्ति जडान गर्दा सुरुमा लागत महङगो परेपछि लामो समय टिक्ने हुँदा समग्रमा सस्तो पर्ने राष्ट्रिय वाणिज्य संघका जिल्ला सदस्य मदनराज भट्टले बताउनु भयो । सदस्य भटट्का अनुसार– ‘यस वत्तीको सहायताले सडकमा हिँडडुल गर्न सहज र स्थानियहरुले लोडसेडिङको अनुभूति गर्न पर्नेछैन ।’

नेपाल राष्ट्रिय वाणिज्य संघका सदस्य भाष्कर भट्टका अनुसार जडान गरिएका सौर्य वत्ति हाम्रो सम्पती भएकाले यसको संरक्षण गर्नु सबै नगर वासीको जिम्मेवारी भएको वताउनु भयो ।