२० कार्तिक २०८३, शुक्रबार

जिल्ला निर्वाचन कार्यालय गुल्मीमा नयाँ शक्तिको धर्ना, कामकाज प्रभावित

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २१ चैत । दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल गुल्मीले जिल्ला निर्वाचन कार्यालय गुल्मीमा धर्ना दिएको छ । केन्द्रिय कार्यक्रम अनुसार पार्टीका कार्यकर्ताले बिहान ९ बजेबाट धर्ना दिइरहेका छन् । कार्यालयको गेटमा पार्टीका नेता तथा कार्यकर्ता धर्नामा बसेसंगै कामकाज प्रभावित भएको छ ।

धर्नाको क्रममा पार्टीका जिल्ला अध्यक्ष पुनराम ज्ञवालीले सरकारले जबजस्तै नयाँ शक्ति पार्टीलाई चुनावमा लैजान नचाएको भन्दै आक्रोस व्यक्त गरे । देशका २७ दलले सिण्डीकेट लाद्न खोजेकोले सबै जनतालाई त्यो मान्य नहुने बताए । अध्यक्ष ज्ञवालीले सरकारले केन्द्रिय कार्यालयमा शान्तिपुर्ण आन्दोलनमा बसेका आफना नेतामाथी जबस्ती धरपकड गरेर आन्दोलनलाई उग्र बनाउन खोजेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई हनन् नगर्न चेतावनी दिए ।

सरकारले निर्वाचन गराउन नचाहेकोले शान्तिपुर्ण आन्दोलनलाई उग्र बनाउन खोजेको र अरु दललाई आरोप लगाएर चुनाव भाड्न खोजेको बताए । आफ्नो पार्टीले राखेको माग पुरा नहुन्जेल संघर्षका कार्यक्रम जारी राख्ने बताए ।