१४ कार्तिक २०८३, शनिबार

ओलीले यस्तो सन्देश पठाएपछि ‘ओली–प्रचण्ड’ बोलचाल बन्द !

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवासम्मले निर्वाचनबारे साझामत जाहेर गर्दै भन्ने गरेका छन् – स्थानीय तह निर्वाचन कुनै पनि हालतमा निर्धारित मितिमै हुन्छ ।

निर्वाचन छिटो गराएर सत्तारोहणको ढोका छिटोभन्दा छिटो खोल्न आुतर देउवा र भित्री चाहना मारेर निर्वाचन मिति घोषणा गर्न अभिशप्त बनेका प्रधानमन्त्री प्रचण्डले निर्धातिर समयमै निर्वाचन हुने बताए पनि सत्तारुढ दलकै कारण निर्वाचन नहुने स्थिति देखापर्दै छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

२०७३ साउनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा एक भएर केपी ओलीलाई सत्ताच्यूत गरेका थिए । अहिले त्यसमा कमल थापा नेतृत्वको राप्रपा थपिएपछि सत्ता गठबन्धन थप बलियो बनेको छ । तर, यी दल सत्ता सञ्चालनका लागि सहमत देखिए पनि धेरै कुरामा विभक्त छन् ।

हिजोआज सत्तारुढ गठबन्धनभित्रकै गहिरिँदो अविश्वास र तिक्तता देखेर होला प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई तार खबर पठाएका छैनन् – ‘अब म यथाअवस्थामा संवादमा बस्दिनँ । सत्तागठबन्धन दलहरू कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चाको ठोस राजनीतिक योजना के हो त्यो योजना औपचारिक रुपमा ल्याएपछि मात्रै वार्तामा बस्छु ।’

स्रोतका अनुसार बिना एजेण्डा कैयन चरणमा छलफल गरेका अ‍ोलीले यही अवस्थामा गठबन्धन दलहरू र प्रधानमन्त्री प्रचण्डसँग संवाद नगर्ने भन्दै ठोस र प्रष्ट राजनीतिक प्रस्तावको माग गरेका छन् ।