२० कार्तिक २०८३, शुक्रबार

अर्चलेमा भुपु प्रधानपन्च रुद्रबहादुरको स्मृतिमा महोत्सव

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १९ चैत । करिब २० वर्ष यता जनप्रतिनिधी नहुदां जनताहरु उकुसमुकुस भइरहेको बेला स्यांग्जाको अर्चले गाविसमा पुर्व जनप्रतिनिधीको स्मृतिमा स्थानिय युवाहरुले महोत्सवको आयोजना गरेका छन् ।

२० वर्षपछि हुन थालेको स्थानिय निर्वाचनको संघारमा स्यांग्जाली युवाहरुले स्थानीय कृर्षी मौलिक कला संस्कृति संबद्र्धन र प्रबद्र्धनमा आजको युवाहरुको पहिचान भन्ने मूल नाराका साथ पुर्व प्रधानपन्च स्वर्गिय रुद्रबहादुर थापालाई सम्झिएको हुन् ।

कानुङ मगरात युवा क्लब बिरुवा गाउपालिका वार्ड नं २ अर्चले स्याङ्जाको आयोजनामा हिजो चैत्र १९ गते शनिबारदेखी शुरु भएको महोत्सव चैत्र २४ गते समापन हुनेगरी सौहार्दपुर्ण बातरवरणमा चलिरहेको छ । महोत्सवमा स्थानिय कृर्षी उत्पादनको ३५ वटा स्टल राखिएको छ भने मगर जातिका लोकप्रीय नृत्य घाटु र सोरठी पनि दिनभर प्रदर्शन भइरहेको छ ।

महोत्सवमा राष्ट्रिय कलाकार लोक दोहोरीका हस्तीहरुको पनि जोडदार प्रस्तुत भइरहेको आयोजकले बताएका छन् । सास्कृतिक कार्यक्रम र कृर्षी प्रदर्शनीका अतिरिक्त महोत्सवमा उत्साहबद्र्धक रुपमा भलिबल प्रतियोगिता पनि भइरहको छ । जिल्लाका विभिन्न समूह गरी कुल २६ टिम प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५०, ००० (पचास हजार रुपैयां मात्र) , दोस्रो हुनेलाई ३५,००० । –पैतिस हजार रुपैयां मात्र) र तेस्रो हुनेलाई १५,००० – पन्ध्र हजार रुपैयां मात्र) रुपैयां नगदको व्यवस्था गर्रिएको आयोजक क्लबका अध्यक्ष टोम बहादुर थापा(सुनदर) ले जानकारी दिए ।

महोत्सवको उद्घाटन प्रमुख अतिथी स्व प्रधानपञ्चको सुपुत्री इन्द्र कुमारी थापाले गरेकी थिइन् । शिक्षीका समेत रहेकी थापाले समाज परिवर्तनको लागि पुर्व प्रधानपन्च रुद्रबहादुरले खेलेको भुमिकालाई मुल्यांकन गर्दै उहांको समाजसेबी भावनालाई सबैले अनुसारण गर्नु पर्नेमा जोड दिइन् ।

मेला संयोजक रित कुमार थापाको सभापतित्व , सागर थापाको संचालन, क्लबका अध्यक्ष टोम बहादुर थापाको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा समाजसेबी तथा युवा ब्यबसायी गोविन्द थापा ,जीवन मल्ल , हिमाल आले र राष्ट्रिय भलिबल खेलाडी अमृत क्षेत्रीले महोत्सवमा शुभकामना मन्तब्य राख्दै स्वर्गिय रुद्र बहादुर थापा २५ वर्ष सम्म जनप्रतिनिधीको रुपमा रहदां विभिन्न सामाजिक गतिविधीमा पुराएको योगदानको चर्चा गरेका थिए ।

को हुन त रुद्र बहादुर ?

जिल्ला सदरमुकाम पुतलीबजारदेखी ३ घन्टाको पैदल यात्रा पश्चात पुगीने उत्तर पश्चिममा पर्ने विरुवा अर्चले आजभन्दा ४० वर्ष अगाडी विकट गाउ थियो । सदरमुकामसंग गोरेटो बाटोले मात्रै जोडेको उक्त ठाउमा व्यापारीक पृष्ठभुमिका दुर्गा बहादुरका छोरा रुद्र बहादुरले राजनितीक यात्रा शुरु गरेसंगै सो ठाऊको मुहार फेरिएको हो ।

पन्चायतको शुरुवात संगै समाजसुधारमा क्रियासील रुद्रबहादुर थापाले प्रधानपन्चमा निर्वाचित भएसंगै विरुवा अर्चले गाउलाई जिल्ला सदरमुकाम पुतलीबजारसंग जोडिएको गोरेटोलाई घोरेटो बाटोमा रुपान्तरण गर्न अहोरात्र खटिए । उनको लगातारको मेहनत र योगदानलाई स्थानिय जनताहरुले भरपुर्ण सहयोग गरेकै कारण गाउमा जमुनेंडाडा स्कुलको शूरुवात पनि भयो । जुन स्कुलको कारण सो गाऊलाई मात्रै नभएर वासपासका बेसरडाडा, ब्वाखा, आर्केकोट , अर्चले, श्रीडाडा, गाबुडाडा, मोचाबारी, झागडी गाउका विद्यार्थिहरुले सहजै शिक्षा पाउने बातवरण बन्न पुग्यो । अहिले सो स्कुल माध्यामिक तहको बनेको छ । रुद्रबहादुरकै लगावमा विरुवाको ५ वटा गाउमा खानेपानिको व्यवस्था समेत हुन पुग्यो । थापाकै अग्रसरतामा विरुवा खहरेमा कृर्षी अनुसन्धान केन्द्र पनि स्थापना भएको छ भने विरुवा हेल्थ पोस्ट स्थापनामा पनि उहाकै योगदान रहेको स्थानिय रित कुमार थापाले जनाए ।

लगातार २५ वर्ष सम्म प्रधानपन्चको जिम्मेवारी सम्हालेका थापाको २०६८ साल माघ २६ गते निधन भएको हो । थापा पन्चायत कालमा समेत सुधारिएको पन्चायतको अगुवा थिए । जसको कारण २०३६ सालमा प्रधानपन्च छदैं तत्कालीन राजा विरेन्द्र विक्रम शाहले उनलाई निलम्बन समेत गरेका थिए । बाहिर पन्च भएपनि भित्री रुपमा बहुदल प्राप्तीमा लागेका थापा बहदुल र लोकतन्त्र आएपश्चात बामपन्थि विचारमा आस्था राख्ने गर्दथे । थापाको ३ छोरा र ६ छोरी रहेका छन् । थापाको कान्छा छोरा उमेश थापा मगर राजनितिमा क्रियासील युवा नेता हुन् । बुबाको बीडो थाम्दै राजनितीमा होमिएका उमेश २०५३ सालमा स्वतन्त्र विद्यार्थि युनियन भैरहवा बहुमुखी क्याम्पसको निर्वाचनमा अनेरास्ववियुको तर्फबाट उपसभापति निर्वाचित भएका थिए । नेपाल मगर विद्यार्थिको केन्द्रिय सचिव समेत भएका उमेश पछिल्लो समय नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय कमिटी सदस्यको रुपमा क्रियासील भएर राजनितीमा होमिएका छन् । खानेपानी, बाटो र शिक्षामा विशेष योगदान दिएका रुद्र बहादुरको कान्छा छोराले बुबाले पुराएको सामाजिक सेवाको कार्यलाइ अनुसरण गर्दै जीवन पर्यन्त लाग्ने समेत जनाएका छन् ।