२० कार्तिक २०८३, शुक्रबार

एमालेको स्थायी समिति बैठक अचानक स्थगित, सोमबार बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । एमालेका अध्यक्ष केपी ओलीसहितका केही नेताहरूको व्यस्तताका कारण स्थायी समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा केही स्थायी समिति सदस्यहरू जम्मा भएर अनौपचारिक मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी गरे पनि बैठक भने बस्न नसकेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै स्थानीय तहको निर्वाचन तयारीका विषयमा छलफल हुने कार्यक्रम थियो ।

स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले पदाधिकारीहरूको व्यस्तताका कारण बैठक अन्तिमचरणमा आएर सोमबारसम्मका लागि स्थगित भएको जानकारी दिए । उनले भने, ‘अध्यक्ष, महासचिव सहितका नेताहरूको कार्यव्यस्ताले स्थायी समिति अन्तिम क्षणमा आएर स्थगित भएको हो । सोमबार बिहान १० बजे बस्नेछ ।’