२० कार्तिक २०८३, शुक्रबार

बैतडीमा तीन जना मृत फेला, बलात्कारपछि हत्या भएको हुनसक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २० चैत । बैतडीको विभिन्न स्थानमा गरी आज एकैदिन ३ जना मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा सिगास गाउँपालिका ३ डुङरीकी ३५ बर्षीया लालमती बोहरा, दशरथचन्द नगरपालिका १० बुड्डाका ६० बर्षिय नर बहादुर चन्द र डिलाशैनी गाउँपालिका ३ का ५० बर्षीय बिरपल भुल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

शनिवार राति घरनजिकै रहेको घट्टमा पिसानीका लागि गएकी सिगासकी लालमतीलाई आज बिहान उनका देवर पठान सिंह बोहराले मृत फेला पारेका हुन् ।

लालमतीको बलात्कार गरी हत्या गरेको हुनसक्ने बताइएको छ । शवलाई परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउदै गरेको र शव परिक्षण पश्चात मात्रै थाहा हुने बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

यस्तै, यही चैत १५ गतेदेखि सम्पर्क विहीन भएका दशरथचन्द नगरपालिका १० बुड्डाका नरबहादुरको शव आज घर नजिकै महाकाली किनारमा सडेको अवस्थामा फेला परेको हो । शव सडेको हुनाले परिक्षण नगरी आफन्तको जिम्मा लगाएको छ ।

यसैबिच शनिवार घरबाट स्थानियको घरमा जान्छु भनी हिडेका डिलाशैनीका बिरपल सम्पर्कमा नआएपछी खोजतलास गर्दा आज अनिरपानी भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बिरपलको शव पोष्टमार्टमका लागी गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।