२० कार्तिक २०८३, शुक्रबार

पत्रकार रनि विवशलाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


महेन्द्रनगर, २० चैत । कञ्चनपुरबाट प्रकाशित हुने आजको नयाँ विकल्प दैनिकका कार्यकारी सम्पादक रनि विवशलाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघले ६० औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्पादक विवशलाई पुरस्कार प्रदान गरिएको छ ।

उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सिह कुँवरले दोसल्ला ओढाएर नगद सहित सम्मान पत्र प्रदान गरे ।

संघले गत पुसमा ५ हजार राशीको उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।

संघका अध्यक्ष माधव प्रसाद जोशीले पत्रकार विवशले पत्रकारितामार्फत सहकारी क्षेत्रका समाचार, लेख प्रकाशन गरी सहकारी क्षेत्रको विकासमा टेवा पुगाएकाले पुरस्कार प्रदान गरिएको बताए ।