२० कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रनिकट कर्मचारीको ७ नम्बर प्रदेश सम्मेलन आयोजक समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघ र राष्ट्रिय कर्मचारी महासंघको ७ नम्बर प्रदेशस्तरीय एकता भेला सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र ७ प्रदेशका इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यता सम्पन्न भेलाले गणेश विष्टको संयोकत्वमा ३५ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ ।

जसको इन्चार्जमा शंकरदत्त जोशी, सहइन्चार्ज बलदेव कपाडी, बलबहादुर रावल र सेक्रेटरीमा रामप्रसाद भट्ट चयन भएका छन् ।

प्रदेशको सम्मेलन गरेर एक महिनाभित्र पदाधिकारी चयन गर्ने, त्यसका लागि आवश्यक तयारी गर्ने काम समितिले गर्ने नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय कार्यालय सचिव अम्वादत्त भट्टले जानकारी दिए ।

उनले संविधान कार्यान्वयनका लागि राज्यसँगै महासंघ अग्रसर भएको र स्थानीय निर्वाचन सम्पन्न गराउन जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए ।

महासंघका केन्द्रीय संयोजक दयाराम वश्यालको अध्यक्षता, विश्व ट्रेड युनियन महासंघका सदस्य मोहनमान स्वार तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) केन्द्रीय अध्यक्ष हरिबहादुर रावलको विशिष्ट अतिथ्यतामा सम्पन्न भेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाका कर्मचारीको सहभागिता थियो ।