३ कार्तिक २०८३, मंगलबार

ऐरावत ग्रुप अन्तर्गतको आईईएसपी नेपालमा, ५ बर्षभित्र १० हजारलाई दक्ष बनाउने योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । तिब्र गतिमा विस्तार उन्मुखे ऐरावत ग्रुप उड्डयन, हस्पिटालिटी, रिटेल, हेल्थ केयर र सडक सुरक्षा लगायत क्षेत्रमा कार्यरत दक्ष भारतीय समूह हो ।

यी क्षेत्रमा ऐरावतले परामर्श तथा लेखा परिक्षण (कन्सल्टिङ एण्ड अडिटिङ), प्रशिक्षण, ब्यापार तथा उत्पादन सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

ईन्ष्टिच्यूट फर एक्सिलेन्सी ईन सर्भिसेज एण्ड प्लानिङ प्रालि (आईईएसपी) ऐरावत ग्रुप अन्तर्गतको शैक्षिक विभाग हो । सन् २०१७ अप्रिल सम्ममा नेपालमा समेत गरी समूहले ८ प्रशिक्षण संस्था स्थापना गरी सकेको छ । आईईएसपीले आजको मितिसम्म आई पुग्दा वैश्विक बजारका ३५ हजार भन्दा बढीलाई विमानस्थल, एयरलाइन्स, ग्राउण्ड ह्याण्डलिङ एजेन्सिज, हस्पिटल, होटल, रिटेलर्स लगायत क्षेत्रमा प्रशिक्षण प्रदान गरी सेकेको छ । प्रशिक्षणका साथै १० हजार भन्दा बढी प्रशिक्षार्थीलाई विभिन्न सेवा क्षेत्रमा कामको अवसर समेत प्रदान गरी सकेको कम्पनीले जानकारी दिएको छ ।

विगत ६ बर्ष भन्दा लामो समयदेखि आईईएसपी नेपाल एयरलाइनसँग सम्बद्ध छ । आईईएसपीले नेपाल एयरलाइनका सञ्चालक, ब्यवस्थापकदेखि निर्देशक लगायत कर्मचारीलाई प्रशिक्षण तथा तालिम प्रदान गरी रहेको छ ।

ऐरावत ग्रुप अन्तर्गतकै ऐरावत एभिएसन प्रालि (एएपीएल)ले ग्लोबल टेन्डर मार्फत नेपाल एयरलाइनलाई परामर्श प्रदान गर्दै प्रतिस्थित आईएटीए आईएसएजीओ प्रमाणिकरण हात पारेको हो । यसलाई कम्पनीले नेपाल एयरलाईन्सले सन् २०१७ मा हात पारेको सफलताका रुपमा ब्याख्या गरेको छ ।

स्थानिय वातावरण चिन्ने तथा सशक्त तालिम प्रदान गर्ने कार्यमा ऐरावत ग्रुपको लामो अनुभव मार्फत एसओएस ग्रुप नेपाल सँग सहकार्य गर्दै आईईएसपी नेपालले आउने ५ बर्ष भित्र देशका कर्णधारका रुपमा परिचित १० हजार नेपाली यूवाहरु लाई तालिम तथा प्रशिक्षण प्रदान गर्नुका साथै तालिम सम्बद्ध क्षेत्रमा रोजगार बनाउने उद्देश्य लिएको छ । यसले देशको आर्थिक अवस्थामा समेत उल्लेख्य योगदान पुर्याउने कम्पनीको विश्वास छ ।

आउने १८ महिना भित्र आईईएसपीले दुबइ, श्रीलङ्का, साउदी अरेबिया र फिलिपिन्समा समेत आफ्नो प्रशिक्षण केन्द्र स्थापना गर्ने जानकारी दिएको छ । दुबईमा केन्द्र स्थापना गरिने हुँदा विद्यार्थीहरुलाई मध्य पूर्वी क्षेत्रमा समेत राम्रो अवसर प्रदान गर्न सकिने कम्पनीले आशा ब्यक्त गरेको छ ।

आईइएसपीको प्रशिक्षण प्राविधिक शैक्षिक सामग्रीमा मात्र निर्भर नरहेको कम्पनीले जानकारी दिएको छ । यसका साथै अनुशासन, प्रबल सञ्चार कौशल मार्फत वैश्विक बजारमा सफल हुने मनोबृत्ति विकास गर्ने जस्ता अप्राविधिक ज्ञान समेत कम्पनीले प्रदान गर्ने जानकारी दिएको छ ।

नेपाली यूवालाई कौशल प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने यस कार्यमा सरकार तथा जनता दुबै बाट पर्याप्त सहयोग र सहकार्य प्राप्त हुनेमा कम्पनी विश्वस्त रहेको छ ।