२९ आश्विन २०८३, बिहिबार

१८ वर्षपछि भेट हुँदा जब आमा छोरा नै प्रेममा परे…

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । आमा छोरा नै प्रेम सम्बन्धमा परेको खबर सुन्ने वित्तिकै जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । न्यु मेक्सिकोमा एक यस्तै घटना भएको छ । १८ वर्षपछि पहिलो पटक भेट भएका आमा छोरा ‘गहिरो प्रेम’ सम्बन्धमा परेपछि अप्राकृतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन् ।

३७ वर्षीया मोनिका मारेस र १८ वर्षअघि अनाथालय छोडेका २० वर्षीया छोरा कालेभ पिटरसर प्रेममा परेका हुन् । तर, जब उनीहरु पुनः भेट भए, परम्परालाई तोड्दै दुवै एक अर्काको प्रेममा परे । शारीरिक सम्बन्ध पनि कायम गरे ।

उनीहरुको छिमेकीले अप्राकृतिक सम्बन्धको बारेमा प्रहरीलाई खबर गरेपछि गत सन् २०१६ को फेब्रुअरीमा उनीहरु पक्राउ परेका थिए । यस विषयमा गत बुधबारदेखि सुनवाई शुरु भएको छ । उनीहरुले आफ्नो सम्बधलाई स्वीकार समेत गरिसकेका छन् ।

अब उनीहरुले लगभग साढे १ वर्ष एक अर्कालाई भेट्न पाउने छैनन् । उनीहरुमाथि हाडनाताकरणीको मुद्दा लगाइएको छ । जसलाई न्यु मेक्सिकोमा गम्भिर प्रकृतिको मुद्दा मानिन्छ ।

गत अप्रिलमा ५ हजार डलर धरौटी र एक अर्कालाई नभेट्ने वाचा गरेपछि दुवैलाई छाडिएको थियो । मारेसले अब उनका अन्य ९ छोरा–छोरीहरुलाई भेट्न पाउने छैनन् । दुवैले १८ वर्षसम्म जेल सजाय पाउने व्यवस्था रहे पनि दुवैको यसअघि कुनै आपराधिक पृष्ठभूमि नभएको कारण जेल सजाय नगरिएको न्यायाधीस आन्द्रेया रइबले बताइन् ।

यसअघि, दुवैले आफूहरुलाई शारीरिक सम्बन्ध बनाउनबाट कसैले रोक्न नसक्ने बताएका थिए । १६ वर्षको छँदा गर्भवति भएकी मारेसले छोरालाई अनाथालयमा छाडेकी थिइन् । १८ वर्षपछि फेसबुकबाट उनीहरुको भेट भएको थियो । त्यही क्रममा दुवैबीच प्रेम बस्न गयो र अन्ततः त्यो शारीरिक सम्बन्धमा पनि परिणत भएको थियो । मारेसकी सबैभन्दा कान्छा छोराले कार्लोसलाई बुवा भनेर बोलाउँछन् ।