२९ आश्विन २०८३, बिहिबार

यो तस्वीरको रहस्य थाहा पाएपछि थाहै नपाई झर्छ तपाईंको आँखाबाट आँशु

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । एउटा यस्तो तस्वीर जस्लाई बुझ्न संसारलाई धेरै समय लाग्यो । बिश्लेषक पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयम्ले यो तस्बीरको रहस्य खोलेनन। कारण, तपाईं हामी देख्छौ कि यो तस्बीरको कलामा नग्नता छ, छाडापन छ। तस्बीर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति वृद्ध मानिसले गरे ?

जब यो तस्बीरको बास्तबिकता बुझ्नुहुनेछ, तब पक्कै पनि तपाईंहरुको आँखाबाट दुई थोपा आँशु तपाईंहरुलाई थाहै नदिर्इ बग्नेछ। तलको तस्बीर युरोपका एक प्रख्यात चित्रकार मोनरोले बनाएका थिए। उक्त तस्बीर युरोपको कुनै एक देशमा एक जना वृद्ध मानिसलाई भोकै जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो। जबसम्म भोकले वृद्ध मर्दैनन्, तबसम्म उनलाई जेलमा भोकै राख्नुपर्ने थियो। एक दिन उक्त वृद्धकी छोरीले न्यायालयसमक्ष आफ्नो वृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन। माग भए अनुसार न्यायालयले उनलाई हरेक दिन जेलमा आफ्नो वृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो। जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरीर, झोला सबैको खानतलासी हुन्थ्यो । कारण, झोला या शरीरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो वृद्ध बाबुलाई लगेर नदिऊन भन्ने थियो।

उनकी छोरीले उनलाई भेट्न जाँदा कैयौं दिनदेखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई जिउँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन। कैयौं दिन, महिना बिते तर ती वृद्ध भोकले मरेनन्। यो देखेर जेललाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगायो।

यसरी चियो गर्दा ती छोरीले आफ्नो दूध पिलाएर उक्त वृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो। रहस्य खुलेपछि छोरीमाथि पनि मुद्दा चलाइयो। फैसलामा उक्त देशको न्यायालयले कानुन छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ, यो तल तस्बीरमा सोही कुरा देखाइएको छ । र, यो तस्बीर त्यतिबेला निकै महँगो दाममा बिक्री भएको थियो।