१४ कार्तिक २०८३, शनिबार

मलेसियामा नेपाली कामदारलाई यसरी हुँदैछ प्रत्यक्ष मार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । मलेसियाली मुद्रा ‘रिगिट’मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी कामदार प्रत्यक्ष मारमा परेका छन् ।

रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो । सन् १९९७ को ‘एसियाली आर्थिक मन्दी’ यता रिंगिट सबभन्दा कमजोर अवस्थामा पुगेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

नेपालसँग औपचारिक रुपमा करिब १६ बर्षे रोजगारी इतिहास बोकेको बैदेशिक रोजगारको प्रमुख गन्तब्य मलेसियाको श्रम बजार यतिबेला संककटपूर्ण बनेको छ ।

मलेसियाली राष्ट्र बैंक ‘बैंक नेगरा’को तथ्याकं अनुसार सन् २०१३ को सुरुवाती दिनमा एक अमेरिकी डलरको खरिदर ३ दशमलव १० रिंगिट रहेकोमा हाल करिब ४ दशमलव ४५ रिंगिट हाराहारीमा छ ।

त्यतिबेला प्रतिरिंगिट ३३ रुपैंया सटही दर भएकोमा हाल झरेर २३ रुपैंयाँ ५० पैसा पुगेको छ । नेपालमा बढ्दो महंगी र मलेसियामा घट्दो रिंगिटको मारमा यहाँ कार्यरत नेपाली परेका छन् ।

मुलुकमा बेरोजगारीका बाबजुत आफ्नो कमाइमै आश्रित परिवार धान्न गारो परिरहेको मलेसियामा कार्यरत नेपाली बताउँछन् ।