१४ कार्तिक २०८३, शनिबार

पोलिटव्युरो सदस्य पोखरेलले पार्टी परित्याग गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेकपा (माले)का बैकल्पिक पोलिट्व्युरो सदस्य कपिल पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पोखरेलले भनेका छन्, ‘सिद्धान्तनिष्ठताको आधारमा बृहत्तर कम्युनिष्ट एकताको पक्षमा उभिनका निम्ति यस पार्टीको सदस्यताबाट मुक्त भएको घोषणा गर्दछु ।’  नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

उनले २०६७ माघमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा‘ मुलुकमा जारी क्रान्तिका राजनीतिक उपलब्धिहरुलाई सस्थागत गर्न आर्थिक–सामाजिक रुपान्तरणको एजेण्डालाई महत्वकासाथ अघि बढाउने सम्बन्धमा’ र २०७० चैत्रमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ‘सामन्तवाद मूलतः परास्त भएको र त्यसको स्थान दलालपुजीवादले लिएको र मुलुकमा दलालपुजीवादमा निर्भर अर्थव्यवस्था सुरुआत भएको’ भन्ने मत प्रस्तुत गर्नुका साथै समय–समयमा पार्टी नेतृत्वसँग भेटेरै आफ्ना समसामयिक दृष्टिकोणहरु स्पष्ट रुपमा राखेको तर सुनुवाई नभएको उल्लेख गरेका छन् ।

‘पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी गुटबन्दि गर्ने र पार्टी निर्माणमा हेलचेक्याई गर्ने काम कहिल्यै गरेका नगरेका पनि उनले बताए । पोखरेलले भने,‘२०५४ मा पार्टी विभाजन हुँदाका सम्पूर्ण बिमतीहरू समाधान भइसकेको, दार्शनिक, राजनीतिक तथा कार्यशैलीका क्षेत्रमा समानता रहेको र बाँकी सवालहरुमा मिलनविन्दु खोजिगर्दै बृहत्तर कम्युनिष्ट एकताको प्रक्रियामा जान सकिने सम्भावना देखेर हामीले औपचारिक रुपले प्रस्ताव गर्दा बिभिन्न गलत प्रवृत्तिहरुको प्रभावमा परी त्यसलाई अस्वीकार गर्ने काम भएको छ ।’