२० कार्तिक २०८३, शुक्रबार

गुट अन्त्य गरी एकढिक्का भएर चुनावी मैदानमा गएमात्रै कांग्रसको जितः आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ चैत । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ को क्षेत्रीय भेला चितवनको रत्ननगरमा आज सम्पन्न भएको छ ।

नेपाली कांग्रेसले १३ औ महाधिवेशन पछि पार्टी सुदृढिकरण एवम् कार्यकर्ता जागरण अभियान अन्तर्गत प्रथम पटक क्षेत्रीय सम्मेलन चितवनको क्षेत्र नम्बर २ मा पहिलो पटक सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री महेश आर्चायले देश स्थानीय तहको निर्वाचनका लागि होमिइसकेको भन्दै नेता तथा कार्यकतालाई निर्धक्क भएर चुनावमा लाग्न निर्देशन दिए

आचार्यले नेकपा एमालेको दोहोरो भुमिका र मधेसी मोर्चाको छुट्टै किसिमको हठका कारण निर्वाचन हुन्न कि भन्नेमा शङ्का नगरिकन कार्यकर्ताहरुलाई चुनावमा लाग्न आग्रह गरे ।

आचार्यले चुनाव नजिकिदै गर्दा देशमा छुट्टै खालको शक्तिले ‘तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको बताउदै यसलाई चिर्न पनि कांग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी रहेको बताए ।

अबको चुनाबमा नेपाली कांग्रेसभित्रका गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर चुनावी मैदानमा आएमात्रै कांग्रसको जित हासिल हुने बताएका थिए । कार्यक्रममा सांसदद्वय शेषनाथ अधिकारी र साबित्री चौधरी नेपाली कांगे्रस जिल्ला सभापति जित नारायण श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।