
काठमाडौं, १८ चैत । नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डोको सह–आयोजनामा संचालन भइरहेको अभ्यास ‘शान्ति प्रयास–३’ को अमेरिकी सैन्य मामिलाका सल्लाकार एलटी गेल कार्लोस हम्बर्ट लोइटीले निरीक्षण गरण्का छन् ।
पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा चैत ७ गतेदेखि शान्ति प्रयास तालिम सञ्चालन भइरहेको छ । रीक्षणको क्रममा उनलाई तालिम केन्द्रका केन्द्रपतिले अभ्यास सञ्चालन सम्बन्धी प्रस्तुतिकरण जानकारी दिएका थिए ।
सोही क्रममा लाइटीले अभ्यास ईलाकाको निरीक्षण गर्नुको साथै सहभागी देशहरुले प्रदर्शन गरेको डेमोको समेत निरीक्षण गरेका थिए ।
अभ्यासमा नेपाल सहित जम्मा २८ राष्ट्रका १०२४ जना सैनिक सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनाले जनाएको छ । निरीक्षण कार्यक्रममा नेपाली सेनाका रथीवृन्दलगायतको उपस्थिति थियो ।













प्रतिक्रिया