२० कार्तिक २०८३, शुक्रबार

एमालेका नेताहरु गाउँमै बस्दै, गाउँ कार्यक्रम गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाके, १९ चैत । स्थानीय निर्वाचनलाई आफ्नो पार्टीको पक्षमा पार्नका लागि नेकपा एमाले बाँकेका जिल्ला नेताहरु ‘गाउँमै बस्ने र गाउँ कार्यक्रम’ गरिरहेका छन् ।

गाउँकै जनताको घरमा बस्ने, उनीहरुले जे खान्छन् त्यही खाने कुरा आफूहरुका लागि नयाँ नभएपनि यतिबेला ब्यस्तता बढेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताए ।

जिल्लाकै बिकट मानिने राप्तीपारी क्षेत्रमा पार्टीको गतिबिधि सन्चालन गरिरहेका अध्यक्ष कोइरालाले पार्टी गतिबिधिहरु संगै जनताको पिरमर्का बुझ्ने काम भइरहेको बताए । उनले भने– ‘संगै बस्दा, संगै खादा जनताहरुको पिरमर्का बुझ्न धेरै सहज हुन्छ । स्थानीय निकायमा हाम्रा उम्मेदवारहरु निर्वाचित भए जनताका ती पिरमर्कामा मल्हम लगाउने काम गर्छौ ।’

नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीका अनुसार, शुक्रबार नरैनापुर अभियान सम्पन्न भएको छ भने त्यहां एक रात बसाईसंगै शनिबारसोनारी गाउंपालिकाको वडा नम्बर ६ र ७ कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । ‘यतिबेला हामी जनतासंग संगसंगै छौं,’ उनले भने । फत्तेपुरमा बृहद कार्यकर्ता भेला पनि सम्पन्न भएको छ ।

अध्यक्ष अशोक कोइराला प्रमुख अतिथी रहेको सो भेलामा उपाध्यक्ष निरक गुरूङ सचिबालय सदस्यहरू पदम धिताल, किस्मत कक्षपति, सुर्य ढकाल, अब्दुल हुसेन खा लगायतको सहभागिता थियो ।

यस्तै शनिबार नै नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत वडा नम्बर २, १३, २०, १, १० र ४ का भेला बैठक भएको छ । उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य शान्ति ढकाल, डम्बर राज सुवेदी पार्टीका उपसचिव एबं नगर संयोजक प्रमोद धिताल सदस्यहरू तुल्सा थापा डम्बर थापा जिल्ला सल्लाहाकार बिजया धितालले बैशाख ३१ गतेको निर्बाचन केन्द्रित भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

खजुरा गाउपालिकाको वार्ड नं ४ मा बृहत् भेला उक्त कार्यक्रममा गाउपालिका सहसंयोजक सतिश निरौला जिल्ला सदस्य एकमाया बिक र जिल्ला सल्लाहकार होमनाथ सापकोटाले कार्यकर्तालाई निर्देशन दिए ।