२० कार्तिक २०८३, शुक्रबार

२५ वर्षअघि हराएकी नेपाली चेलीको कोलकत्ताबाट उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काँकरभिट्टा, १९ चैत । परिवारसँग बिछोड भई २५ वर्षअघि हराएकी एक नेपाली चेलीको भारतको कोलकत्ताबाट उद्धार गरिएको छ ।

सप्तरी जिल्ला फतेपुरमा जन्मिएकी कल्पना बिष्टलाई कोलकत्ताको एक मानसिक अस्पतालबाट घर फकाईएको हो । सानै उमेरमा आमाले लिएर हिडेपछि सम्पर्क बिहिन भएकी कल्पनालाई उनकी आमाले उनको मावलीघरबाट सिक्किम निवासी गोबिन कार्कीसँग नौ वर्ष अघि बिबाह गराई दिएकी थिइन् । विवाह भएको १ वर्ष पछि एक छोरा भएको केही वर्षपछि घरयासी झगडाले उनले घर छोड्न बाध्य भईन् ।

एक्कासी उनको मानसिक समस्याले उनलाई सडकमा पुर्याएको थियो । सडकमा मानसिक सन्तुलन गुमाएकी कल्पनाको प्रहरीले अञ्जली मानसिक अस्पतालमा पुराएको थियो । १६ महिना अघि सो अस्पतालमा भर्ना भएकी कल्पनाको उपचार भए सँगै सो अस्पतालले नेपालमा महिला बालबालिका उद्धारको क्षेत्रमा कार्यरत विश्व सेवा बिस्तार संस्थालाई उनको परिवार खोजी दिन आग्रह गरेको थियो । सस्थाले कल्पनाको दाजु चन्द्र बहादुर विष्ट र सस्थाका कर्मचारी डिबि राना सहितको टोली एक साता अघि कोलकत्ता पठाएको थियो ।

सो टोलीले त्यस अस्पतालमा रहेकी कल्पनाको सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी शनिवार नेपाल फकाएर प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाएको छ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टामा डिएसपी दुर्गा राज रेग्मी,सस्थाकी शाखा ईन्चार्ज मुना आचार्य, सामुदायिक सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल लगायतको उपस्थितिका बिच कल्पनालाई परिवारको जिम्मा लगाइएको छ ।

उता सो अस्पतालले यस्ता मानसिक रोग सम्बन्धी समस्या भएका नेपाल तथा भारतका २ सय ७० भन्दा बढी बिरामीको उपचार गरिराखेको अस्पतालको भनाई रहेको छ ।