१४ कार्तिक २०८३, शनिबार

मन पराएकी रीनाले अर्कै युवक ताकेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १९ चैत । बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् । पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रीना यादवको हत्या उनकै प्रेमी वीरगन्ज २७, बहुअरीका शैलेश यादवले गरेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

वीरगन्ज उपमहानगरपालिका १४ श्रीपुरस्थित रेणुका घिमिरेको घरमा डेरा लिएर बस्दै आएकी रीना गत चैत ८ गते बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन् ।

रीनाको हत्या उनलाई एकतर्फी रूपमा प्रेम गर्ने शैलेशले गरेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए ।

जनकपुर घर भएकी रीनाकी दिदीको देवर अमेसरकामा बस्दै आएका छन् । रीनाका बुबाआमाले अमेरिकामा बस्दै आएका रिनाकी दिदीको देवरसँग नै रीनाको बिहे गर्ने पक्कापक्की गरिसकेका थिए । रीनाले पनि दिदीको देवरलाई मन पराउँदै आएकी थिइन् ।

केही समयदेखि सामाजिक सञ्जालमार्फत रीनासँग चिनजान गरेका शैलेशले पनि रीनालाई मन पराउन थालेका थिए । श्रीपुरस्थित रीनाको डेरामा उनलाई भेट्न शैलेश बारम्बार आउने गर्थे ।

रीनालाई आफूले मन पराएको भन्दै शैलेशले बिहेको प्रस्ताव पनि राखेका थिए । तर, रीनाले भने आफूले अमेरिकामा रहेका दिदीको देवरसँगै आफूले बिहे गर्ने भन्दै शैलेशको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन् ।

गत चैत ७ गते साँझ रीनाको डेरामा गएका शैलेशले आफूसँग बिहे गर्न पुनः प्रस्ताव राखेको तर रीनाले अस्वीकार गरेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानक्रममा पुष्टि भएको जानकारी प्रहरी नायब उपरीक्षक जोशीले दिए ।