२० कार्तिक २०८३, शुक्रबार

बृहत कृषि तथा खाद्य मेला मार्तडीमा सञ्चालन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १८ चैत । बृहत कृषि तथा खाद्य मेला २०७३ मार्तडीमा सकिएको छ । जिल्ला स्थित नौ वटै स्थानीय तहका अगुवा किसानहरुको सहभागिता रहेको २ दिने कृषि तथा खाद्य मेलाको क्षेत्रीय कृषि निर्देशक नरहरी प्रसाद घिमिरेले औपचारिक समापन गरेका हुन् ।

स्थानीय तहको स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा किसानहरुको आकर्षण बढाउले लक्ष्य सहीत मेलाको आयोजना गरिएको थियो । स्थानीय रैथाने बालीको प्रवद्र्धन, तरकारी बालीको प्रदर्शनी र हेपीएका बालीको संरक्षणमा सघाउ पर्याउने लक्ष्य सहीत सञ्चान गरिएको हो ।

मेलाको अवसरमा विभिन्न स्थानको माटो परिक्षण सहीत हेपिएका बाली कोदो, फापर, कागुनो, जौ, उवा, मार्से लगायतका बालीबाट बनेका विभिन्न परिकारहरुको पनि प्रर्दशनी गरिएको वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बताए ।

मेलामा तीन दर्जन बढी स्थानको माटो परिक्षण गरिएको छ । दर्जन बढी स्थानीय रैथाने बालीका परिकार बनाएर सरोकारवाला निकायलाई स्वाद चखाउने काम भएको छ । कृषि मेलामा ६३ जना कृषकहरुले आफूले उत्पादन गरेका कृषि उपज नै प्रर्दशन गरेका छन् ।

मध्यमखालको महोत्सव जस्तै भएको कृषि विकास कार्यालयले बताएको छ । कृषि क्षेत्रमा काम गर्ने आधा दर्जन गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । १२३ वटा विभिन्न प्रजातिका बालीहरु प्रर्दशनमा राखिएको मेलामा २ हजार बढीले अवलोकन गरेका छन् ।

कृषि कर्नर देखि जाउलो बनाउने विधि, आलु कोदो, फापरका परिकार, स्थानीय स्तरमा उत्पादन गरिएका रैथाने जातका अन्न बालीको बीउ पनि प्रर्दशनमा राखिएको थियो । बृहत कृषि मेलाले जिल्लामा फरक सन्देश दिएको क्षेत्रीय कृषि निर्देशक नरहरि प्रसाद घिमिरेले बताए । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्थानीय बालीको प्रवद्र्धनका लागि कृषि मेला कोशेढुङ्गा सावीत हुने बताए ।

साना लगानी, छोटो समयमा धेरै कुरालाई समेटेर कृषि मेला सञ्चालन गरेकोमा उनले धन्यवाद दिए । निर्देशक घिमीरे कृषि तथा खाद्य मेलाकै अवलोकनका लागि बाजुरा पुगेका हुन् । ३० वटा बढी स्थल र कृत्रिम करेसा बारीमा राखिएको उपज हेर्दा दर्शकहरु मख्ख हुने गरेको आयोजकले दाबी गरेको छ ।

९० प्रतिशत जनता कृषिमा आश्रीत रहेको जिल्लामा नगदे तथा कृषि बालीले निकै फठ्को मारेको कृषि विकास कार्यालयका प्रानासु मिनप्रसाद जोशीले बताए । हाईटेक प्रविधिको विस्तार पछि अधिकांश बस्तीमा तरकारीको उत्पादन बढेको बताए ।

कृषि विकास कार्यालयले अबको तीन वर्षमा धान र गहुँको बीउमा बाजुरालाई आत्म निर्भर बनाउने लक्ष्य लिएको छ । भने अबको १ वर्ष भित्र आलु र मकैको बीउमा आत्म निर्भर हुने गरी गतिविधि बढाई रहेको छ ।

मेलामा सहभागि ३१ जनालाई कृषि विकास कार्यालयले सम्मान गरेको छ । मध्येबाट प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान ल्याउने किसानहरुका लागि क्रमश १ हजार, ७ सय, ५ सय र ३ सय नगद पुरस्कार राशी सहीत प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा हास्य कलाकार दिर्घ शाही, कलाकार विनोद विक, सम्झना खत्रीले प्रस्तुती राखेका थिए । महिलाहरुले कृषि क्षेत्रको विकाससँग सम्बन्धीत देउडा गीत प्रस्तुत गरिएको थियो । भव्य र शिक्षा मुलक मेला आयोजना गरिएकोमा किसानहरु खुसी भएका छन् ।

नौ जना कृषक सम्मानीत

जिल्लाका उत्कृष्ट नौ जना कृषकलाई सम्मान गरिएको छ । कृषी क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै नौ जना उत्कृष्ट नौ जना कृषकलाई सम्मान गरिएको वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बताए ।

उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत नौ जना किसानलाई प्रमाण पत्र सहीत दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानीत हुनेमा बुढीगंगा नगरपालिका ६ का काशीराम पाध्याय, बडिमालिका नगरपालिका २ का मदनरजा पण्डित र छेडेदह गाउँ पालिका ६ का दया नाथ रहेका छन् ।

तीनै जना यो वर्षको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानीत भएका हुन् । उनलाई नगद १० हजार पनि प्रदान गरिएको छ । यसैगरी २०७२।७३ मा राष्ट्रपति पुरस्कारबाट पुरस्कृत त्रिवेणी नगरपालिका ८ का टेकबहादुर थापा, बडिमालिका नगरपालिका ४ का हर्क नाथ, बडिमालिका ३ का महेन्द्र दानी पनि सम्मानीत भएका छन् ।

यसैगरी २०७१।७२ मा पुरस्कृत बडिमालिका नगरपालिका ३ का मनबहादुर रोकाया, बुढीगंगा नगरपालिका ८ का हेमन्त बुढा र बुढीनन्दा ३ का रणबहादुर बोहरा सम्मानित भएका छन् ।