२० कार्तिक २०८३, शुक्रबार

५ किलो चरेशसहित एपीएफ टोलीद्वारा एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १८ चैत । पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १६ स्थित भन्सार गेटबाट चैत्र १८ गते एपीएफ टोलीले करिब पाँच केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिक्टाबजार घर बताउने २९ वर्षिय रामबाबु प्रसाद छन् । उनलाई सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म विरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका निज प्रसादलाई एपीएफ टोलीले जाँच गर्ने क्रममा उनको साथमा उल्लेखित चरेश फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका प्रसादलाई बरामद चरेशसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।