काठमाडौं, १८ चैत । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
उनका अनुसार वैशाख १ अथवा पहिलो साता नै एकताको घोषणा हुन सक्नेछ ।












प्रतिक्रिया