३ कार्तिक २०८३, मंगलबार

सुरक्षित र सहुलियत रेमिट्यान्स सेवा दिन ‘रेमिट टु नेपाल’ खुल्यो

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १७ चैत । सुरक्षित र सहुलियत रेमिट्यान्स सेवा दिन नेपाली रेमिट्यान्स बजारमा ‘रेमिट टु नेपाल प्रालि’ नामक कम्पनी सञ्चालनमा आएको छ ।

ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले सेवाग्राहीहरुलाई सहज, सुरक्षित र सहुलियत सेवा प्रदान गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताएको छ । कम्पनीमा वित्तिय तथा रेमिटान्स क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुले व्यवस्थापनको जिम्मेवारी लिएका छन् । जसको व्यवस्थापकीय नेतृत्व बैंक तथा वित्तीय क्षेत्रको विशिष्ट तहमा काम गरिसकेका श्रीचन्द्व भट्टले लिएका छन् ।

स्थापनासँगै रेमिट टु नेपाल ले आन्तरिक तथा बाह्य विप्रेषण रकम सरल तवरले भुक्तानीका लागी, कमर्सियल बैंक, विकास बैंक , फाईनान्स कम्पनी, सहकारीका संस्थासाथै अन्य प्राईभेट एजेन्टहरुसँग विप्रेषण भुक्तानी गर्ने संझौता गरिसकेको छ । यसैक्रममा सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक नेपाल लि., बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक लि., माछापुछ्रे बैंकसँग संम्झौता भैसकेको जनाइएको छ ।

कम्पनीले दैनिक २ अर्बको हाराहारीमा भित्रिने रेमिटान्सलाई सदुपयोग गर्न विशेष जनचेतना कार्यक्रम समेत संञ्चालन गरेको जनाएको छ ।