काठमाडौं, १६ चैत । युवा संघ काठमाडौं क्षेत्र नम्बर १ ले एनसेलको कर छली विरुद्ध आजदेखि हस्ताक्षेत्र अभियान सुरु गरेको छ । संघले आज क्षेत्र नम्बर १ को १० नम्बर वडामा हस्ताक्षर संकलन गरेको छ । १० नम्बर वडाको अगुवाईमा आज एनसेलको कर छली विरुद्ध हस्ताक्षर संकलन गरिएको हो ।

संघका वडा नम्बर १० का अध्यक्ष विशाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सचिव तथा राजधानी व्यूरो इन्चार्ज बच्चनसिंह प्रमुख अतिथी थिए । कार्यक्रममा कार्यक्रममा बोल्दै व्युरो प्रमुख सिंहले सरकारले एनसेललाई कर असल गराउन तयार नभएर संघले केन्द्रीयस्तरबाटै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।
हस्ताक्षर अभियानका क्रममा संघले करिब चार हजार हस्ताक्षर संकलन गरेको छ । संघको काठमाडौं क्षेत्र नम्बर १ ले एक हप्ता भित्र वडा नम्बर ११, ३२ र ३४ वडामा पनि हस्ताक्षर संकलन गर्न संघका क्षेत्र नम्बर १ का सहसचिव समुन्द्र तिमल्सेनाले जानकारी दिए । उनले सरकारले एनसेललाई करको दायरामा नल्याए युवा संघले सडक संघर्षका कार्यक्रम गर्ने चेतावनी दिए ।














प्रतिक्रिया