२० कार्तिक २०८३, शुक्रबार

पूर्वराजाका नाति हृदयन्द्रको ब्रतबन्ध भोलि

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । भोलि विहीबार पूर्वराजा ज्ञानेन्द्र शाहाका नाति हृदयन्द्रको ब्रतबन्धका लागि निर्मल निवासमा तयारी व्यापक पारिएको छ । प्रतबन्धका लागि स–परिवार एक महिनादेखि व्यस्त छन् ।

भोलि हुने समारोहमा पूर्वराजाले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति रामवरण यादवदेखि संवैधानिक अंगका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायतलाई निमन्त्रणा गरेका छन् ।

२४ गते होटल शोल्टीमा हुने विशिष्ट अतिथि, अतिथि र विदेशी प्रतिनिधिलाई दुई थरी कार्ड वितरण गरिएको छ । विदेशी नियोगका पाहुनाहरूलाई साँझ साढे ५ बजेदेखि साढे सात बजेसम्म समय तोकिएको छ । हृदन्द्रको उमेर १५ वर्ष पुगेको छ । पूर्वनवयुवराजको हैसियतमा निर्मल निवासले करिब ३ हजारभन्दा बढी पाहुनालाई सोल्टीमा निम्तो दिएको छ । व्रतबन्धको दिन भोलि आफन्तलाई मात्र निम्तो दिइएको छ ।