– जे पाण्डे
कपिलवस्तु, १६ चैत । कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रका लागी हुने भर्ना अभियानको तयारी सुरु भएको छ । “हामी सबैको इच्छा, निःशुल्क अनिवार्य आधारभुत शिक्षा” भन्ने मुलनारा सहित भर्ना अभियान संचालन गर्न जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले कार्यक्रमको योजना बनाएको छ । योजना गाउँ, विद्यालय, बडा हुँदै स्रोत केन्द्र र जिल्ला स्तरका रहेका छन । बैशाख ३ देखि नियमित भर्ना सुरु हुने छन् । वैसाख १० गतेबाट पढाई सुरु हुने छ । भर्ना हुन छुटेकालाई बैसाख ११ गतेबाट घर दैलो गरी भर्ना गरीने तयारी भएको छ । कार्यालयले, स्रोत केन्द्र, सेभ द चिल्ड्रेन, सनसाईन सामाजिक विकास संस्था, कालिका स्वालम्वन सामाजिक संस्था, लिडो, सेतो गुरास, सिद्धार्थ सामाजिक विकास संस्था लगायत संस्थाको सम्न्वयमा कार्यक्रमहरु तय गरेको हो ।
संस्थाहरुको सहयोगमा यस वर्ष जिल्लाका कम्तीमा पनी ५० प्रतिशत वडाहरु पूर्ण भर्ना गराउने योजनाका साथ कार्यक्रमहरु लैजाने तयारी गरेको जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका सहायक जिल्ला शिक्षा अधिकारी सुर्य प्रसाद भुसालले वताउनु भयो । जसका लागी प्रत्येक वडाका ठुला विद्यालयको अगुवाईमा पुर्ण भर्नाको लागी घर दैलो गर्ने योजना वनाईएको छ । घरदैलोमा व्यवस्थापन समिती, अभिभावक संघ, स्थानिय संघ संस्था, गाउ बाल संरक्षण समिती, वाल संजाल, युवा कल्वको सहभागिता रहने छ । जिल्ला मा रहेका १० बटा स्रोत केन्द्रमा स्रोत केन्द्र स्तरीय समिती निमार्ण गरी अभियानमा सघाउने तयारी भई रहेको भुसालले वताउनुभयो ।
गत वर्ष सेभ द चिल्ड्रेनको स्पोन्सरसिप कार्यक्रम लागु भएका ७ गाविस पुर्ण भर्ना घोषणा भएका थिए । यस वर्ष यसलाई थप निरन्तरता दिदै कार्य क्षेत्रका आधा भन्दा धेरै बडाहरुलाई पुर्ण भर्ना गराउन प्रयास गरीने सेभ द चिल्ड्रेन कपिलवस्तुका प्रमुख नरमाया थापाले वताउनु भयो । सेमिस तथ्यांकको प्रयोग गरी प्रत्येकको घर पुगी बाल बालिका भर्ना गराईने भएको छ । सेमिस तथ्यांकमा प्रत्येक घरका सदस्यका विवरण सहित विद्यालय गए नगएको र त्यसको कारण समेत संकलन भई सकेको छ । यस वर्ष बुद्धभुमि नगरपालिकालाई कपिलवस्तुको पहिलो पुर्ण भर्ना नगरपालिका घोषणाको तयारी गरीने सनसाईन सामाजिक विकास संस्थाले बताएको छ ।
भर्ना अभियानका कार्यक्रम अन्र्तगत प्रर्चा पम्पलेट व्राउसर निमार्ण र पत्र पत्रिका तथा एफ एममा सुचना प्रसारणका काम अगाडी वढेको छ । स्रोत केन्द्र र बडाहरुमा अभियानका लागी समिती गठन सुरु भएको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराईले वताउनु भयो । अभियानका लागी मंगलवार गोरुसिगे स्रोत केन्द्रमा समिती गठन भएको छ । स्रोत केन्द्र अध्यक्ष राम प्रसाद अर्यालको संयोजकता गठित समितमिा लाल मणी न्यौपाने , डिलाराम पौडेल, वेद प्रसाद भुसाल, सुन्दर विक्रम सेन, लक्ष्मण तिवारी सदस्य र स्रोत ब्याक्ति खेमराज पौडेल सदस्य सचिवमा चयन हुन भएको छ । कार्यक्रममा सहायक जिशिअ सुर्य प्रसाद भुसाल, कम्प्युटर अपरेटर बुद्ध बहादुर थापा, सेभ द चिल्ड्रेनका ललिता तमांङ सहजीकरण गर्नु भएको थियो ।












प्रतिक्रिया