२० कार्तिक २०८३, शुक्रबार

हाडजोर्नी तथा नशा रोग उपचार शिविर मार्तडीमा सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १६ चैत । हाडजोर्नी तथा नशा रोगसम्बन्धी निशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालनमा सर्वसाधारणको घुँईचो लागेको छ । जिल्ला अस्पतालमा सञ्चालन भईरहेको शिविरमा जिल्लाका दुर्गम गाउँदेखि बाहिर जिल्लाका विरामीको समेत घुँईचो लागेको छ ।

शिविरको बुधबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले उद्घटन गरेका छन् । हाड जोर्नी तथा नशा सम्बन्धी रोगको समस्या पाली बसेका सिमान्तकृत समुदायका विरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

शिविर स्वीस नागरिक क्याट्रिन ह्यागन र रोटरी क्लब काठमाडौंको आर्थिक सहयोग र नेपाल अर्थोपेडीक अस्पताल काठमाडौंको प्राविधिक तथा नेपाल अपाल अपाङ्ग संघको सहकार्यमा सञ्चालन गरिएको हो । चैत्र २० गतेसम्म शिविर जिल्ला अस्पतालमा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विकले बताए ।

शिविर जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाईटी र उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन भईरहेको छ । दुर्गम गाउँका विरामीलाई सेवा दिन शिविर सञ्चालन गरिएको नेपाल अर्थोपेडीक अस्पताल सञ्चालक समिति अध्यक्ष मोहन महर्जनले बताए ।

गाउँमा धेरै मान्छेले आर्थिक तथा सामाजिक समस्याका कारण रोगपाली बसेका छन्, ती व्यक्तिहरुलाई सेवा प्रदान गर्न दुर्गम ठाउँलाई रोजेर शिविर सञ्चालन गरेको डाक्टर युवराज खरेलले बताए । हाड जार्नी तथा नशा रोग उपचारका लागि जिल्लामा शिविर पहिलो पटक सञ्चालन गरिएको हो ।

सेवा लिन तीनदिन पहिले देखिनै विरामीले नाम दर्ता गराएका थिए । शिविर सञ्चालन हुनुपूर्वको समयसम्म मात्र ७ सय बढीले नाम दर्ता गराएको आयोजकले बताएको छ । आयोजकले १५ सय जनाको उपचार र ६० देखि ७० जनाको शल्यक्रिया गर्ने लक्ष्य राखेको छ । आर्थिक अभावले रोग पाली बसेकाहरु जिल्लामै शिविर सञ्चालन भएपछि दुई तीन दिनको पैदल हिँडेर पुगेका छन् ।

आफ्नै रकमले उपचार गर्न सक्ने अवस्था छैन्, शिविरमा उपचार हुन्छ भन्ने आश गरेको छु, वाउलीका काल्चे विकले बताए । ६६ वर्षका विक ४८ वर्षको उमेरदेखि नशा दुखाई समस्याका कारण विरामी छन् । शिविरमा शल्यक्रियामा आवश्यक रगतका लागि एक सय बढीको रक्त समूह पहिचान गरी राखिएको छ ।

कडा परिश्रम, उकाली ओराली गर्दा शरिरका मांसपेशीमा समस्या आउने हुँदा दुर्गम ठाउँमा नशा तथा हात जोर्नीका विरामी बढी हुने गरेका छन् । शिविरमा पहिलो दिन हजार बढीको सहभागिता रहेको छ । डोकामा बोकेर पनि विरामी मार्तडी पुर्याईएको छ ।

शिविर अवधीभर हड्डी तथा नशासँग सम्बन्धीत रोगको उपचार तथा शल्यक्रिया हुने भएको छ । ६ जना विशषेज्ञ डाक्टर सहीत २० जनाको टोलीले सेवा दिने छ । जिल्ला स्वास्थ्य कार्यालय रेडक्रस भवनमा परामर्श तथा उपचार सेवा सञ्चालन भईरहेको रेडक्रम मन्त्री रमबहादुर शाहीले बताए ।

बर्षौदेखिको समस्या पालेर बसेका सिमान्तकृतलाई सेवाका लागि बाजुरा आएको नेपाल अपागं संघका महासचिव योज्ञ उप्रेतीले बताए । उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले दुर्गम क्षेत्रलाई रोजेर परोपकारी काम गर्न लागेकोमा बधाई दिएका छन् ।

जिल्ला स्थित राजनीति दलले पनि शिविरलाई उपलब्धी मुलक बनाउन सक्दो सहयोग गर्ने बताएका छन् । आयोजकले शिविरमा शल्यक्रिया गर्दा पनि निको नहुने विरामीका लागि अधिकतम कम मूल्यमा उपचारको व्यवस्था गर्ने बताएका छन् ।