२९ आश्विन २०८३, बिहिबार

समुन्द्रमा माझीको जालमा भेटियो रहस्यमय जीव

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारतको महाराष्ट्रमा पर्ने सिन्धुदुर्गी जिल्लामा माछा मार्ने माझीको जालमा एक ठूलो रहस्यमय जीव फेला परेको छ । जुन घटनापछि स्थानीय अचम्मित भएका छन् ।

करिब १५ फिट लामो र ७०० किलो तौलको सो जीवका ब्लेड जस्तै ३२ दाँत मुख बाहिरै छन् । जसलाई हेर्नेको भीड निकै लाग्यो । विहानै जालमा परेको माछा ल्याउन समुन्द्रमा पुगेका माझी सो जीव देख्ने वित्तिकै झण्डै बेहोस् हुन पुगेका थिए । उनले यस्तो जीव आफ्नो जालमा पहिलो पटक परेको बताए ।

सोही इलाकामा माछा मार्दै आएका माझीले पहिले पनि केही ठाउँमा दुर्लभ जातका माछा जालमा पर्ने गरेको बताएका छन् । जालमा फसेको सो जीवलाई धेरै साथीहरु मिलेर जालबाट निकालेका थिए ।