२० कार्तिक २०८३, शुक्रबार

पर्वतको बिहादीमा कांग्रेस र माओबादी छाडेर एमालेमा प्रवेश

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १५ चैत । पर्वतमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

स्थानिय निर्वाचनको पूर्व सन्ध्यामा पर्वतको बिहादी गाउँपालिका वडा नं. ६ उराममा करिब ५० जना नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतको पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका हुन् ।

उनीहरुलाई एमालेका प्रभाबशाली नेता एवं पर्वत क्षत्र नं. २ का सांसद विकास लम्सालले टिका,फुलमाला र खादा ओढाएर एमालेमा स्वागत गर्नुभयो ।

माओवादीमा ‘जनयुद्ध’ बाट सर्वहाराको राज्य ब्यबस्था ल्याउन लडेपनि त्यो नेतृत्वबाट सम्भव नभएकाले एमालेमा प्रबेश गरेको माओवादी केन्द्रबाट एमालेमा प्रबेश गरेको बेदप्रसाद भुषालले बताउनुभयो । एमाले खुला किताब जस्तै भएकाले देखिने रुप र सार एउटै भएकाले एमालेमा प्रबेश गरेको उहाँले बताउनुभयो ।

त्यस्तै कांग्रेसको नारा र कार्यशैली फरक भएकाले आफूहरुले कांग्रेसमा विताएको समयको पश्ताचाप बाहेक केही नभएकोले आफू एमालेमा आएको दुर्गा भुषालले बताउनु भयो ।

एमालेमा प्रबेश गरेकाहरु लाई स्वागत गर्दै सांसद लम्सालले एमाले बिचार र संगठनका हिसाबले नेपालका कम्युनिष्टहरुको केन्द्र भएको भन्दै अन्य पार्टीमा रहेका जनताको बहुदलीय जनवादमा बिश्वास राख्ने सबैलाई एमालेमा स्वागत गर्ने बताउनु भयो । उहाँले पछील्लो समय नेपाली जनताको एमालेमा लहरनै चलेको भन्दै नजिकिदै गरेको अबको चुनाबमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

ठुला हु भन्दै सत्तामा भएका काङग्रेस माओवदी लाई जन्ताले चुनाबमा ठेगान लाउछन उहाँले भन्नुभयो काङग्रेस ३ किलाको ढक हो माओवादी १ किलाको ढक होे माओवादी काङग्रेस मिलेपनि ४ किलाको ढक बन्छ एमाले ५ किलाको ढक हो यस्लाई कसैले भेट्दैन उहाँले भन्नुभयो ।

अबको चुनावमा माओवादी साफ काङग्रेस हाफ एमाले फुल भन्दै सांसद लम्सालले अबको चुनाबमा एमाले लाई पहिलो पार्टी बनाउनका लागी कम्मर कसेर लाग्न कार्यकर्ता लाइ निर्देशन दिनुभयो ।