काठमाडौं, १५ चैत । काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राजधानीका क्यासिनोमा छापा मारेको छ ।
प्रहरीले आइतबार राति ह्यात होटलमा सञ्चालित क्यसिनो प्राईडसहित सोल्टी होटलमा सञ्चालित क्यासिनो माहाजोङ्ग, सांग्रिला होटलमा सञ्चालित क्यासिनो, याक एण्ड यति होटलको क्यासिनो रोयल तथा र्या्डिसयन होटलमा सञ्चालित क्यासिनोमा छापा मारेको छ ।
क्यासिनोमा नेपालीलाई प्रवेश दिइएको सूचनाका आधारमा छापा मारेको महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले जानकारी दिए । साथै उनले मोस्ट वान्टेड गुण्डाहरु पनि क्यासिनोमा गएको हुन सक्ने भन्दै छापा मारेको बताए ।
मध्यराती साढे ९ बजेतिर क्यासिनो पुगेको महानगरीय प्रहरी परिसर र अपराध महाशाखाबाट डिएसपीको कमाण्डमा खटिएका संयुक्त टोलीले साढे ११ बजेसम्म क्यासिनोमा सर्च अपरेशन चलाएको थियो ।
अहिले कुनैपनि नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ ।












प्रतिक्रिया