६ मंसिर २०८३, आइतबार

किन आए भारतीय स्थल सेनाध्यक्ष रावत काठमाडौंमा ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ चैत । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत मंगलबार नेपाल आएका छन् । नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न रावत नेपाल आएको हुन् ।

नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने प्रचलनअनुसार उनी नेपाल आएको नेपाली सेनाले जनाएको छ । उनलाई शीतल निवासमा विशेष समारोह आयोजना गरी बुधबार नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिने कार्यक्रम तय भएको छ ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई मानार्थ महारथीको सम्मान प्रदान नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।

नेपाल बसाइको क्रममा रावतले प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायतलाई भेट्ने योजना बनाएका छन् । साथै, उनले पोखरास्थित भारतीय सैनिक पेन्सन क्याम्प, मुस्ताङको मुक्तिनाथ र काठमाडौंको पशुपतिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।