६ मंसिर २०८३, आइतबार

भक्तपुरमा यौन क्रियाकलाप गर्ने तीन महिला पक्राउ

10.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

भक्तपुर, १५ चैत । भक्तपुरमा प्रहरीले विभिन्न रेष्टुरेन्टमा छापामारेर तीन महिलाहरूलाई अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी प्रहरीले सोमबार अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरका विभिन्न स्थानमा रहेका रेष्टुरेन्ट र होटेलहरूमा बेलाबेलामा प्रहरीले छापामार्दै आएको छ । जगातीसहितका स्थानमा रहेका होटेल एवम् रेष्टुरेन्टहरूमा यौनजन्य अनैतिक क्रियाकलापहरू हुँदै आएका छन् ।