६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, के के भयो कुराकानी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङबीच बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री दाहालका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणी पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्री पुत्र प्रकाश दाहाल सहभागी छन् ।

के के भयो कुराकानी ?

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रचण्ड र सी बीच उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको छ ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्री प्रचण्डले बताए  ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए । नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ ।