२० कार्तिक २०८३, शुक्रबार

उपचार खर्चको अभावमा मृत्यु कुर्दै मेघबहादुर

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १४ चैत । आर्थिक समस्याका कारण गुल्मीमा एक व्यक्ति मृत्युलाई कुर्दै बसेका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङ गाउँका २९ वर्षिय मेघबहादुर कुमाल आज भन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटर साईकलमा हिडी रहेको वेला अज्ञात गाडीले हानेर गम्भीर घाईते भएका थिए । उनलाई चन्दा उठाएर त्यहाँ भएका नेपालीहरुले घर पठाएका थिए । उनलाई हान्ने गाडी र व्यक्ति पत्ता लगाउने, क्षतिपुर्ति र कार्वाहीको पहल गर्ने कोहि भएन । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर आएका उनलाई उनकी श्रीमति माया कुमालले उपचार गर्न सकिनन् ।

उनको पुरै घरवास बेचे पनि उपचार सम्भव नभए पछि दिन प्रति दिन गल्दै गएका उनका श्रीमानको शरिर अहिले कुहिदै जान थालेको छ । ओछ्यानमै दिशा पिशाव गरेर लडि रहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ वलिथुमका समाज सेवी लव्सन महतले सञ्चार माध्यमसंग आग्रह गरेका छन् ।

तिन महिना पनि खान पुग्ने जमिन नभएका कुमाल परिवारमा विहान वेलुकाको चुलो चलाउने उनकी श्रीमति माया कुमालको भरमा मात्र रहेको छ । तर यता श्रीमानलाई दिशा पिशाव गराउनेकी अर्काको मेलापाता जाने ? यस्तो समस्यामा परे पछि विस्तारामा लडेको लडै जाल बुन्छन उनका श्रीमानले । उनको डाढको घाउ पाकेर घरै दुर्घन्धीत हुने गरेको छ ।

गहभरी आँशु पार्दै मेघलाल भन्छन् ‘म मरे पनि मेरो छोरा पढाई दिने मान्छे कोहि भई दिए धन्य हुने थियो ।’ श्रीमति माया भने कुहेको शरिर भएपनि श्रीमानलाई सधै बाँचेको देख्न चाहन्छीन् । भक्कानो छाड्दै भनिन ‘बरु मेरो मुटु विक्रि हुन्छ भने विक्रि गरी दिनुस, म मेरो श्रीमानलाई मेरो आँखा अगाडी गुमाउन सक्दीँन ।’

डरलाग्दो घाउँ पाक्ने चहराउने हुँदा कहराउँदै जाल बुनेको दृश्य देख्दा त्यहाँ पुग्ने जो कोहीको करुणा जाग्छ ।