६ मंसिर २०८३, आइतबार

एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूतको पहिलो भेट, के-के भयो कुराकानी ?

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभ सिंह पुरीबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित एमाले संसदीय कार्यालयमा अध्यक्ष ओली र राजदूत पुरीबीच भेटवार्ता भएको ओलीका प्रेस सहयोगी प्रमोद दाहालले जानकारी दिए ।

भेटमा नेपाल भारतको द्धिपक्षीय सम्बन्ध, आपसी हित तथा भारतले नेपालमा गर्दै आएको सहयोगबारे कुरा भएको बताइएको छ ।

शनिबार काठमाडौं आइपुगेका नेपालका लागि भारतीय राजदूत पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत पुरीले ओलीसँग पहिलो भेट गरेका हुन् ।

हंसिलो मुद्रामा ओली र पूरी

भारतीय राजदूतले पहिलोपटक ओलीलाई भेटेर आफ्नो राजनीतिक भेटवार्ता सुरु गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । किनकी ओली र भारतबीचको सम्बन्ध पछिल्लोपटक निकै चिसिएको थियो । एमाले संसदीय दलमा भएको भेटमा दुवै जना निकै हंसिलो मुद्रामा देखिएका छन् । भारतीय राजदूत पुरीले सम्बन्ध सुधारका विषयमा पनि छलफल गरेको स्रोतले बतायो ।