२० कार्तिक २०८३, शुक्रबार

लमजुङमा ३५० जना एमाले प्रवेश, पहारी भन्छन्- अब कांग्रेस हाफ, माओवादी पत्तासाफ

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १३ चैत । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले आगामी स्थानीय निर्वाचनपछि करिब ४० प्रतिशत युवाहरु स्थानीय तहको नेतृत्वमा पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

लमजुङ र मनाङको सिमानामा पर्ने नादीमा नेकपा एमाले प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले लिएको सही निती र उक्त निती निर्माण गर्ने सही नेतृत्वको कारण नेपाल र नेपालीको भरोसाको केन्द्र एमाले बनेको बताउनुभयो । एमालेको सोच विकासप्रेमी भएको कारण अब स्थानीय निकायमा एमालेको बहुमतले मुलुकले नयाँ गति पाउने उहाँले बिश्वास गर्नुभयो ।

आज माओवादी र कांग्रेस रितिदै गएको र एमालेलाई आम जनताको साथ र समर्थन रहेको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा करिब ३५० जना बिभिन्न राजनीतिक दलका कार्यकर्ता एमाले प्रवेश गरेका थिए । प्रवेश कार्यक्रमका प्रमुख अतिथि राजीव पहारीले एमाले एबम् युवा संघले नयाँ कार्यकर्तालाई क्षमता अनुरुप जिम्मेवारी दिने समेत बताउनुभयो ।

उहाँले मुलुक निर्वाचनमा होमिइसकेको बताउदै आगामी निर्वाचनमा युवा संघ बर्दीविहिन सुरक्षाकर्मी जस्तै स्वयम्सेवी भूमिकामा खटिने बताउनुभयो । मुलुकको आर्थिक रुपान्तरणका निमित्त सवल युवा नेतृत्व निर्वाचनबाट स्थापित हुने उहाँले बताउनुभयो ।

त्यस्तै उद्यमशील युवा आजको आवश्यकता भएको एबम् सन २०३० सम्म नेपाललाई बिकसित मुलुकमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा सबै एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बिशेष अथिती युवा संघ केन्द्रिय सचिव माधव बास्तोलाले आम युवाका सरोकारका बिषयको निरन्तर पैरवी गर्दै युवा माझ लोकप्रिय संगठनले युवालाई आन्दोलन मात्र हैन् शासनमा समेत स्थापित गर्ने बताउनुभयो ।

कार्यक्रममा लमजुङ युवा संघ अध्यक्ष रिसी बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो ।