काठमाडौँ, १३ चैत । पृथ्वी जयन्तीको बिदा फेरि खोसिएको छ । यसअघि मन्त्रिपरिषदको बैठकमा पृथ्वीजयन्तीको दिन (पुस २७ गते) सार्वजनिक बिदा दिने समझदारी पनि आइतबारको बैठकमा दुईमन्त्रीबीच चर्को बाझाबाझ भयो ।
आगामी २०७४ सालमा बर्षभरि दिइने सार्वजनिक बिदालाई औपचारिक दिन सिंहदरबारमा बसेको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा काँग्रेसका तर्फबाट उपप्रधान तथा गृहमन्त्री बनेका विमलेन्द्र निधि र राप्रपाका तर्फबाट भर्खरै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका दिलनाथ गिरीबीच चर्को बाझाबाझ भएको हो ।
सुरुमा मन्त्री गिरीले ‘पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भएको खबर आएको आएको थियो, यहाँ त भेटिएन नि, एकाएक कसरी हट्यो ?’ भनी प्रश्न उठाएका थिए ।
त्यसपछि उपप्रधान तथा गृहमन्त्री निधिले मन्त्रिपरिषद्मा कुनै निर्णय नभएको तर राजनीतिक समझदारीमा पछि बिदा दिइने समझदारी भएको जबाफ दिएका थिए ।
त्यसपछि पालो आयो गिरीको । उनी झनी आक्रोशित भए । गिरीले अडान लिए- ‘पृथ्वीजयन्ती दिन बिदा नदिने हो भने बिदाको सूची पारित गराउन मेरो समर्थन हुन्न ।’
त्यसपछि दुई मन्त्रीबीच केहीबेर बाझाबाझ भयो । मन्त्री निधि र गिरी बाझाबाझ गरिरहँदा रक्षामन्त्री बालकृष्ण खाँड र आपूर्ति मन्त्री दीपक बोहोरा भने रमिते बनेका थिए । समितिको बैठकमा रहेका सचिवहरु पनि मुख हेराहेर गरेर बसिरहेका थिए ।
मन्त्रिपरिषद्को यसअघिको बैठकमा राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको सम्मानमा सार्वजनिक बिदा दिइने सहमति भएको खबर बाहिर आएको थियो । तर, आइतबारको बैठकमा पेश गरिएको बिदाको सूचीबाट भने एकाएक हटाइएको छ । गृहमन्त्री निधि नै बिदा खोस्न लागि परेको भन्दै पर्यटनमन्त्री गिरीले बैठकमा आक्रोश पोखेका थिए ।
















प्रतिक्रिया