काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनित २१ जना सदस्यहरुलाई सपथ खुवाएका छन् ।
मेची–महाकाली अभियानअन्तर्गत झापा बसेको एमाले स्थायी कमिटी बैठकले तराई मधेसलाई समेट्नका लागि २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । मनोनित सदस्यहरुले आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीबाट शपथ लिएका हुन् ।
शपथग्रहण गर्ने केन्द्रीय कमिटी सदस्यहरुमा धर्मनाथ साह (सिराहा), रामचन्द्र यादव (सिराहा), गंगा यादव (सिराहा), धर्मनाथ यादव (सिराहा), रामचन्द्र साह तेली (पर्सा), रामदयाल मण्डल (महोत्तरी), रत्नेश्वर गोइत (धनुषा), रविन्द्र बैठा (सर्लाही), यदुबंश झा (धनुषा) र हरिनारायण महतो (धनुषा) हुनुहुन्छ । केन्द्रीय कमिटीका बैकल्पिक सदस्यहरुमा नारदमुनि राना (कैलाली), जुली महतो (धनुषा), मञ्जु चौधरी (उदयपुर), शान्ता चौधरी (दाङ), हरि राजबंशी (झापा), सरला यादव (रौतहट), सुधीर साह (धनुषा), सरोज यादव (महोत्तरी) र मोहम्मद हारुन (बा“के) छन् ।
केन्द्रीय कमिटी सदस्यद्वय रघुवीर महासेठ (धनुषा) र लालबाबु यादव (रौतहट) ले यसअघि नै शपथ ग्रहण गरिसकेका छन् । शपथपछि केन्द्रीय कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र राष्ट्रको शीर माथि उठाउन आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।












प्रतिक्रिया