३१ आश्विन २०८३, शनिबार

नेपालको उद्योग क्षेत्रको विकासमा सहयोग गर्ने जिम्वावे सरकारको इच्छा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । जिम्वावे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ ।

जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जि.जि. नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधी मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधी मण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्पmबाट यस्तो अभिरुची व्यक्त गरिएको हो ।

छलफलका अवसरमा जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जि.जि. नियोनीले खास गरी नेपालका ४ वटा क्षेत्र लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्वन गरेको रणनीति, लघुु उद्यमलाई पर्यटन सँग जोडेर विकास गर्ने कार्यक्रम लघु उद्यमीको वित्तिय पहँुच विस्तारमा नेपालले अवलम्वन गरेको रणनीति र नेपालको पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका वारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको बताउनु भयो ।

खनिज उत्खननका क्षेत्रमा नेपालको तुलनामा जिम्वावेले धेरै प्रगति हासिल गरिसकेको बताउँदै मन्त्री नियोनीले जिम्बाबेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै दक्षिण दक्षिण सहयोगलाई विस्तार गर्न आफुहरु इच्छुक रहेको बताउनु भयो । यी बिषयहरुमा पारस्परिक सहयोग आदन प्रदानका लागि जिम्बाबे र नेपाल सरकारबीच सहमति पत्रमा हस्ताक्षर गरेर सहयोगको प्रकृया अगाडी बढाउन चाहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्न सकिने बताउनु भयो । नेपालले लघु साना तथा मझौला उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले यसले ग्रामिण रोजगारी बृद्धि गर्ने भएकाले गरिबी निवारणमा समेत सघाउ पुर्याउने बताउनु भयो ।

नेपाल विदेशी लगानी आकर्षित गर्न अनुकूल नीति निर्माणको क्रममा रहेको भन्दै मन्त्री जोशीले नेपालमा लगानी गरेर फाईदा लिन सक्ने अहिले उपयुक्र अवसर रहेको बताउनु भयो । छलफलमा नेपालका तर्पबाट उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईराला, उद्योग मन्त्रालयका सह–सचिवहरु र लघु उद्यम विकास कार्यक्रमका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसैगरी जिम्वावेका तर्फबाट जिम्वावेको लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्रालयका सचिव इभेल्यन एनदाल्भो लगायत भ्रमण दलमा रहेका ९ जनाको उपस्थिती रहेको थियो ।