
काठमाडौँ, १३ चैत । काठमाडौँको ठमेलमा प्रहरीलाई नै आश्चर्यचकित बनाउने गरी १९ राउण्ड गोली भेटिएको छ ।
ठमेलको सञ्चयकोष भवन अगाडि फोहोरको थुप्रोमा १९ राउन्ड गोली फेला पारेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।
प्रहरीका अनुसार, फोहोर उठाउने क्रममा बालबालिकाले खेलाइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्याष्टिकको पोकोमा बेरेर राखिएको अबस्थामा फेला परेको १९ राउन्ड गोली ६.५ क्यालिभरको गोली भएको प्रहरीले बताएको छ ।
फेला परेका सबै गोलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । गोली ठमेलमा गुण्डागर्दी गर्ने समूहको भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।











प्रतिक्रिया